मानव अधिकारका घटना बढ्दै
सिमकोट – जिल्लामा मानव अधिकारका घटना बढ्दै गएको पाईएको छ। अनौपचारिक सेवा केन्द्रले ( ईन्सेक) आफ्नो वर्ष पुस्तकमा समेटिने घटनाको अर्धवार्षिक समिक्षा गर्ने क्रममा मानव अधिकारका घटनाहरु बृद्धि भएको पाईएको हो।
समिक्षा कार्यक्रममा सङ्कलित घटनाहरु प्रस्तुत गर्दै इन्सके प्रतिनिधि नन्द सिंहले गत पुस महिनायता दश वटा मानव अधिकारका घटनाहरु बढेको बताए। जब कि गतवर्ष यो अवधिमा यस्ता घटना सङ्ख्या आठ वटा थिए।
उनले कुल सङ्कलित घटनामा कुटपिट तथा धम्कीका दुई वटा, मानव बेचबिखन तथा ओसार पसारमा एक वटा, बलात्कार बलात्कार प्रयास र यौन दुव्र्यबहारका चार बाल बिबाह बहुबिबाहको एक वटा र आर्थिक तथा सामाजिक अधिकारहननका दुई वटा घटना रहेको बताए।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिबराज शर्माको मानव अधिकार हननका घटना धेरै हुने भए पनि सबै घटना प्रतिबेदनमा नसमेटिएको बताए। उनले इन्सेक प्रतिनिधि दुरदराजका बस्तीहरुमा पुग्न सुझाव समेत दिए।
सिमकोट गाउँपालिकाका बिजय भण्डारीले यस्ता घटनाहरु गाउँपालिकाका न्यायिक समितिमा आउने भएको कारण इन्सेक प्रतिनिधिले समितिको संयोजकसंग पनि समन्वय गर्नुपर्ने बताए।
यसरी समन्वय गरे घटनाहरु अझै बढी देखिने उनले बताए।प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेलले मानव अधिकार उलङ्घनका घटनाहरु जघन्य भएकोले यस्ता घटना बिरुद्ध जानकारी पाए कारवाहीमा उत्रिने बताए। प्रतिवेदनमा आएका घटना निक्कै निन्दनीय रहेको बताउदै उनले समाजमा हुने यस्ता घटना बिरुद्ध लाग्न सुझाव दिए। कार्यक्रम जिल्ला वार यसोसियसनका सचिव राजन चन्दको अध्यक्षतामा सञ्चालन भएको थियो। मानवअधिकारका क्षेत्रमा काम गर्ने निकायको उपस्थिति थियो।